काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग पराजित भएको छ । बार्सिलोनाकै रंगशालामा सम्पन्न भएको खेलमा उसले घरेलु समर्थकमाझ २-१ को हार बेहोरेको हो ।
खेलको ३०औं मिनेटमा नै बार्सिलोनाका लागि पेड्रीले गोल गरेर अग्रता बनाएका थिए । तर बार्सिलोनाले सो अग्रतालाई कायम राख्न सकेन । एट्लेटिकोको लागि खेलको ६०औं मिनेटमा रोड्रिगो डी पलले गोल गरेका थिए । यससँगै खेल १-१ गोलको बराबरीमा पुगेको थियो । खेलको इन्ज्युरी समयमा उनले नै दोस्रो गोल गरेपछि भने बार्सिलोना लगातार तेस्रो पटक घरेलु मैदानमा पराजित भयो ।
सन् १९६५ र १९८७ पछि ला लिगामा बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन खेल हारेको यो तेस्रो पटक हो ।
यता एट्लेटिको मड्रिडले भने पछिल्ला १२ खेलमा हार बेहोरेको छैन । यो क्लबको सबैभन्दा लामो अपराजित यात्राभन्दा एक जित मात्र कम हो । एट्लेटिकोको लागि अलेक्जेन्डर सरलोथले बार्सिलोना विरुद्ध पछिल्ला खेलहरूमा ६ गोल गर्न सहयोग गरेका छन् । उनले तीन गोल गरेका छन् भने तीन असिस्ट गरेका छन् । बार्सिलोनालाई उनको उपस्थिति भारी पर्न थालेका छ । ला लिगामा गए राति नै भएको अर्को खेलमा भने एथ्लेटिक क्लबले ओसासुनालाई २-१ ले हराएको छ ।