एनपीएलः कुन खेलाडीले कुन विधामा पुरस्कार थापे ?

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएलः कुन खेलाडीले कुन विधामा पुरस्कार थापे ?

काठमाडौं । २१ दिनसम्म उल्लासमय रुपमा चलेको एनपीएल आजबाट समाप्त भएको छ । पुरस्कारका हिसाबले पनि यो लिग निकै ठूलो रह्यो । एनपीएलमा उत्कृष्ट अल राउण्ड प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउन सफल दीपेन्द्रसिंह ऐरीले ओमोडाको ६२ लाख रुपैयाँ मूल्यको कार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा दीपेन्द्रले २ सय २७ रन प्रहार गरेका थिए भने ९ विकेट हात पारेका थिए । ४ जनालाई रनआउट गरेका दीपेन्द्रको प्रभाव कप्तानीदेखि ब्याटिङ, बलिङ र फिल्डिङमा बराबरी देखियो । आफ्नो टिमलाई च्यम्पियन बनाउन नसके पनि समग्र प्रतियोगितामा सुदूर र दीपेन्द्रको प्रदर्शन शानदार रह्यो ।

कार पुरस्कारका अर्का दावेदार जनकपुर बोल्ट्सका ललित राजवंशीले मोटरसाइकल जिते । ललितले प्रतियोगितामा १७ विकेट लिए । जनकपुरलाई च्याम्पियन बनाउन उल्लेखनीय भूमिका खेलेका ललितले ४ ओभरमा १५ रन खर्च गरेर १ विकेट लिएका थिए । उनलाई सुदूरका कुनै ब्याटरले बाउन्ड्री लगाउन सकेनन् ।

राजवंशी र सुदूरपश्चिमका स्कट कुगलाइनले समान १७ विकेटसहित एनपीएलको पहिलो सिजनमा सर्वाधिक विकेट लिने खेलाडी बने । औषतमा ललितभन्दा कुग्लेन अगाडि रहे ।

कर्णाली याक्सका विपिन शर्माले नेपाल प्रिमियर लिगको उदीयमान खेलाडीको अवार्ड जिते ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement