काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपिएल)मा म्यान्चेस्टर सिटी फेरि पराजित भएको छ । एस्टन भिल्लाको भिल्ला पार्कमा भएको खेलमा सिटी २–१ ले पराजित भएको हो ।
जारी लिगमा यो सिटीको छैटौं पराजय हो । खेलको १६औं मिनेटमा मोर्गन रोजर्सले दिएको पासमा जोन डुरनले गोल गरेर भिल्लालाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफको ६५औं मिनेटमा अर्को गोल थपेको हो । यसपटक रोजर्स नै गोल गर्न सफल रहे । दुई गोलले पछि परेको अवस्थाबाट सिटीको लागि फिल फोडेनले खेलको इन्ज्युरी समयमा गोल फर्काएका थिए ।
खेल अवघिभर ५७ प्रतिशत समय बलमा नियन्त्रण बनाएको भए पनि सिटी थप गोल गर्न चुक्यो । उसका बाँकी ११ प्रहार खेर गएका थिए । खेलको समग्रमा सिटीले दबाब बनाएको भए पनि जित दर्ता गर्न सकेन ।
यता गए रातिको जित सहित भिल्लाले सिटीलाई उछिनेको छ । १७ खेलमा २८ अंक बनाएर भिल्ला पाँचौं स्थानमा उक्लिँदा २६ अंक भएको सिटी छैटौं स्थानमा छ । प्रिमियर लिगमा गए रातिकै अर्को खेलमा भने वेस्ट ह्यामले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ ।