कास्की । कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ विरुद्ध आज मुद्दा दर्ता भएको हो ।
उनीहरू विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको हो । उनीहरूसँगै कुल ३१ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की सहित रूपन्देही, काठमाडौं र पर्सामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।