जुम्लामा आलु प्रदर्शनी

फाल्गुन २७, २०८१ |डीबी बुढा
जुम्लामा आलु प्रदर्शनी

जुम्ला । जुम्लामा आज आलु प्रर्दशनी मेला हुने भएको छ । जुम्ला सदरमुकाम खलंगाको कृष्णमन्दिरमा आलु प्रदर्शनी मेला हुन लागेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्ला, भुमि समस्या समाधान आयोगको सहयोग र नेपाल पत्रकार महासंघ जुम्लाको संयोजनमा आलु प्रर्दशनी हुने भएको हो ।

प्रदर्शनीमा जिल्लाका आठ वटै स्थानीयतहका लेकाली क्षेत्रमा उत्पादन हुने आलु प्रदर्शनीमा राखिने भुमि समस्या समाधान आयोगका विज्ञ सुमन आचार्यले जानकारी दिनुभएको छ । उक्त प्रदर्शनीले आलुको बजारीकरणमा मात्र टेवा पुग्ने छैन्, विज्ञ सदस्य आचार्यले भने,‘जुम्ली आलुको महत्वका बारेमा समेत उजागार गर्नेछ ।’

जिल्ला कृषि विकास कार्यालय, जुम्लाकाअनुसार जुम्लामा तीन महिने र ६ महिना भित्र पाक्ने आलुको खेति हुने गरेको छ ।

तिला गाउँपालिकाको ढिपु, हिमाको पातरखोला, सिंजाको जोडु, कनकासुन्दरीको बोता, पातारासीको तिर्खु, तातोपानीको टोप्ला र चन्दननाथ नगरपालिका क्षेत्रको आलु पनि प्रदर्शनीमा राखिने छ । जुम्ला जुम्लामा उत्पादन हुने आलुको मुल्य प्रतिकेजी ६० रुपैयाँ छ ।

जुम्लाको आलु सुर्खेत, नेपालगञ्जलगायत कर्णालीका जिल्लाहरुमा किनबेच भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक बर्ष आलुको उत्पादन क्षेत्रफल बढिरहेको छ ।

तथ्यांक अनुुसार गत बर्ष २ हजार २ सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेति भएकोमा

आलु उत्पादन क्षेत्र बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष ०८०-०८१ मा दुई हजार २४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको थियो । जसबाट ३४ हजार ४ सय ५० मेट्रिकटन आलु उत्पादन भएको थियो ।

चालु आर्थिक बर्षमा २ हजार २९० हेक्टर क्षेत्रफलमा खेति भएकोमा ३५ हजार ९ सय ३० मेट्रिकटन आलु उत्पादन भएको छ । सिजनमा आलु धेरै उत्पादन भएको देखिएपनि बेमौसममा आलु अभाव हुने गरेको छ ।

बेमौसममा बाहिरबाट आलु ल्याउनु परेको छ । बाहिरबाट आउने आलु स्थानीय आलु भन्दा महंगोमा झर्ने भएकोले उपभोक्ताहरु मारमा पर्ने गरेका छन । किसानलाई आलु उत्पादनमा हौस्याउन र आलुको बजार खोज्नको लागि भएपनि आलु प्रदर्शनीले राम्रो सन्देश फैलाउने विज्ञ सदस्य आचार्यको भनाइ छ । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement