काठमाडौं । नेपालको यू-१६ र १९ महिला फुटबल टिमले भुटानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल आगामी पुस ५ र ७ गते दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
खेलका लागि भुटानको दुवै उमेर समूहको टोली नेपाल आइसकेको छ । नेपालले मैत्रीपूर्ण खेलका लागि दुई हप्ताको बन्द प्रशिक्षण सम्पन्न गरेको छ ।
नेपाली यू-१९ टिमका प्रशिक्षक यामप्रसाद गुरुङ र यू-१६ का प्रशिक्षक सुलोचना राणा रहेका छन् ।
खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी र एडीआर स्पोर्ट्स युट्युब च्यानलमार्फत हुनेछ । खेलको टिकेटिङ पार्टनर ई-सेवा रहेको ग्लोबल राइट होल्डर कम्पनी एडी रिलिज प्रालीले जानकारी दिएको छ ।