कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा बयानका लागि लगिएको छ ।
लामिछानेसहित पूर्वडीआईजी एवम् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङको बयान हिजोदेखि सुरु भएको हो ।
हिजो पूर्वडीआईजी जोशीको समेत बयान सकिएको थिएन ।