एसीसी पुरुष यू-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी पुरुष यू-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं । एसीसी पुरुष अन्डर-१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ । मयन यादवले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन ।

यूएईको सारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । श्रीलङकाले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रनको योगफल बनायो । नेपालले श्रीलङकाका सुरुवाती तीन ब्याटरलाई छिट्टै आउट गरेको थियो । ओपनर पुलिन्दु परेरा दुइ रनमा हेमन्त धामीको बलमा मैदान बाहिरिए । दुलनिथ सिगेरा २४ र भिमान्थ दिन्सारा पनि २४ रनमानै आउट भएका थिए । 

तर चौथो विकेटका लागि सारुजान र लाक्भिनले ७९ रनको साझेदारी गरेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो । सारुजानले ६२ र लाक्भिनले ५० रन जोडे । काभिजा गामागेले ३७ रन थपे । सन्तोष यादवले चार, युवराज खत्रीले दुई तथा हेमन्त र नरेन साउदले एक-एक विकेट लिए । 

जवाफमा नेपालले ४६ ओभर दुई बलमा अल आउट हुँदै १ सय ७८ रन मात्र बनाउन सक्यो । आकाश त्रिपाठी १९, अर्जुन कुमाल १२ , सन्तोष ११ र नरेन भट्ट १२ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङस दबाबमा आएको थियो । 

मयनले ६१ रन जोड्दै टिमलाई जिताउने प्रयास त गरे । तर उनले राम्रो साथ पाउन सकेनन् । रोशन विश्वकर्माले ५, नरेनले उत्तम मगरले १७ र नरेन साउदले १६ रन बनाए । प्रभिन मानिसलाले तीन विकेट हात पारे । नेपालले आइतबार बंगलादेश सँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement