ललित स्मृति एन्फा यू-१८ युथ लिग : एपीएफद्वारा सातदोबाटो २-० गोलले पराजित

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललित स्मृति एन्फा यू-१८ युथ लिग : एपीएफद्वारा सातदोबाटो २-० गोलले पराजित

काठमाडौं । ललित स्मृति एन्फा अन्डर-१८ युथ लिगमा विभागीय टोली नेपाल एपीएफ क्लबको युवा टोलीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा मुख्यालयमा आज भएको खेलमा एपीएफले सातदोबाटो युथ क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो । एपीएफले उपहार गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो । खेलको ४० औं मिनेटमा एपीएफका खेलाडीले गरेको प्रहार सातदोबाटोका श्रीजन हाङ राईले हेडर मार्फत क्लियर गर्न खोज्दा बलले पोस्टको दिशा लिएपछि आत्मघाती गोल हुन पुग्यो ।

सोही गोलमार्फत एपीएफले सुरुवाती अग्रता बनायो । ७० औं मिनेटमा वैकल्पिक खेलाडी अमन मोक्तानको गोल मार्फत एपीएफले अग्रता दोब्बर पार्यो । दोस्रो हाफको सुरुवातमा मैदान प्रदेश गरेका अमनले कप्तान रोहित गोलेको कर्ननर किकमा बक्स बाहिरबाट सानदार गोल गरेका थिए । 

यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा एपीएफले ३ अंक आफ्नो पक्षमा पार्न सफल भयो । १३ खेलमा २१ अंक जोडेको एपीएफ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलमा ४ अंक जोडेको सातदोबाटो लिगको पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement