काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र इंग्लिस प्रिमियर लिग क्लबबीच नयाँ सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रिमियर लिग क्लब म्यानचेस्टर सीटी र ग्वार्डिओला २०२६ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर भएको बेलायती मिडियाले जनाएका छन् ।
२०२२ मा ग्वार्डिओला र क्लब बीच भएको सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुने थियो । एथलेटिकका अनुसार नयाँ सम्झौतामा थप एक वर्ष विस्तार गर्ने विकल्प समेत समावेश गरिएको छ । २०१६ मा क्लबमा आवद्ध भएका ५३ वर्षीय ग्वार्डिओलाले सिटीलाई तीन वटा फिफा क्लब विश्वकप र चार लिग कपसहित ६ लिग उपाधि, दुई एफए कप र एक पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।
स्पेनियार्डले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले तीन वर्ष जर्मन क्लब बायर्न म्युनिखको जिम्मेवारी सम्हालेका थिए ।
हाल सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा छ ।