काठमाडौं । यूएफा नेसन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा हंगेरीले जर्मनीलाई बराबरीमा रोकेको छ ।
९९औं मिनेटमा डोमिनिक सोबोस्जलाइले पेनाल्टीमा बराबरी गोल फर्काएपछि हंगेरीले जर्मनीलाई अंक बाड्न बाध्य पारेको हो ।
जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समनले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध ७-० को जित हात पारेका अधिकांश खेलाडीलाई आराम दिएका थिए ।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । ७६ औं मिनेटमा फेलिक्स न्मेचाले गोल गरेपछि पुस्कस एरेना पार्कमा भ्रमण टोली जर्मनीले सुरुवाती अग्रता लिएको थियो । फेलिक्स न्मेचाका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।
तर ९७ औं मिनेटमा रोबिन कोचले बक्सभित्र बल ह्यान्डबल गरेपछि हंगेरीले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा सोबोस्जलाइले सहजै गोल गरेपछि खेल बराबरी नतिजा सहित टुङगियो ।
लिग ए समूह ३ को विजेता जर्मनीले यस अघिनै नेसन्स लिग क्वार्टर फाइनलमा स्थान बनाइ सकेको थियो । समूह को तेस्रो स्थानमा रहेको हंगेरीले लिग बी बाट दोस्रो स्थानमा रहेको टोलीविरुद्ध रेलिगेसन प्लेअफ खेल्ने छ ।
अन्य खेलमा स्विडेनले अजरबैजानलाई ६-० ले पराजित गर्दा युक्रेनले अल्बानीयालाई २-१, वेल्सले आइसल्यान्डलाई ४-१ र चेकीयाले जर्जियालाई २-१ले हरायो । बोस्निया एन्ड हर्जेगोभिना र नेदरल्यान्डसले १-१ र माल्टा र एन्डोराले गोल रहित बराबरी खेले ।