काठमाडौं । एएफसी विश्वकप छनोटमा प्यालेस्टाइनले दक्षिण कोरियालाई पुनः निराश बनाएको छ ।
एएफसी विश्वकप छनोट अन्तर्गत तेस्रो चरणको समूह बीको शीर्ष स्थानमा रहेको कोरियालाई प्यालेस्टाइनले १-१ गोलको बराबरीमा रोक्दै निराश पारेको हो ।
अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जैद कुन्बरले १२ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई सुरुवाती अग्रता दिलाएका थिए । टोटनहमका खेलाडी सन हृयुङ-मिनले १६ औं मिनेटमा गोल गरेवपछि दक्षिण कोरियाले खेल बराबरी गर्यो ।
प्यालेस्टाइनले सेप्टेम्बरमा सियोलमा सम्पन्न खेलमा कोरियासँग गोलरहित बराबरी खेल्दै विश्वकप छनोट अन्तर्गत तेस्रो चरणको सुरुवात गरेको थियो । हङ म्युङ-बोको टोलीले त्यसपछि लगातार पाँच खेल जितेपनि प्यालेस्टाइनलाई पराजित गर्न सकेन । यससँगै दक्षिण कोरिया ६ खेलमा १४ अंकसहित समूह बीको शीर्ष स्थानमा छ । जितबिहिन प्यालेस्टाइन समुहको पुछारमा छ ।
हिजै सम्पन्न अन्य खेलमा जापानले चीनलाई ३-१, इन्टोनेसियाले साउदी अरवलाई २-०, युएइले कतारलाई ५-० र इराकले ओमानलाई १-० ले पराजित गर्यो ।