काठमान्डु गुर्खाजले आजबाट सुरु गर्यो बन्द प्रशिक्षण

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमान्डु गुर्खाजले आजबाट सुरु गर्यो बन्द प्रशिक्षण

काठमाडौं । एनपीएलको क्लब काठमान्डु गुर्खाजले काठमाडौंमा आजबाट बन्द प्रशिक्षण सुरु गरेको छ । करण केसी मार्की रहेको गुखार्जले आज त्रिवि क्रिकेट मैदानमा अभ्यास सुरु गरेको हो ।

एनपीएल सुरु हुन अब ११ दिन मात्रै बाँकी रहेको छ । काठमाडौंले आफ्नो नेपाली खेलाडीहरुलाई राखेर अभ्यास सुरु गरेको हो । एनपीएलका बाँकी टिमहरुले अहिले अभ्यास सुरु गरिसकेका छन् । गुर्खाजले यसअघि भैरहवामा पहिलो सत्रमा १२ दिन अभ्यास गरेको थियो । 

तर काठमाडौंमा मैदानको अभावको कारण अभ्यास गर्न सहज बनिरहेको छैन । लुम्बिनीमा भएको त्रिदेशीय क्लबस्तरको प्रतियोगितामा काठमाडौंका अधिकांश खेलाडी सहभागी बनेको कारण सबै खेलाडी फिट रहेको प्रशिक्षक बसन्त शाही बताउँछन्।

गुर्खाजले ट्यालेन्ट हन्टबाट प्रशिक्षणको लागि छ जना खेलाडी दिएको छ । गुर्खाजले तीन सिजनको लागि सोचेर खेलाडीमा लगानी गरेको छ । गुर्खाजका सबै खेलाडी २६ तारिख सम्ममा आइपुग्ने छन् । वार्म आप खेल विदेशी खेलाडीसँगै खेल्ने प्रशिक्षक शाही बताउँछन्।

 त्रिवी मैदानको पिच अहिले नयाँ छ र यो पिच कस्तो हो भन्ने थाहा नभएको कारण वार्म अपमा खेलमा मात्रै थाहा हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.