बर्दियाका किसान केरा खेतीतर्फ आकर्षित

मंसिर ५, २०८१ |कमल पन्थी
बर्दियाका किसान केरा खेतीतर्फ आकर्षित

बर्दिया । अन्य बालीबाट राम्रो आम्दानी नहुने भएपछि बर्दियाका किसान केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । माग बढ्दै गएपछि किसानले केरा खेती गर्न थालेका हुन् । बर्दियाको गुलरिया, मधुवन र ठाकुरद्वारामा केरा खेती गर्ने किसान बढ्दै गएका छन् ।

गुलरिया नगरपालिका-४ का टोपलाल विक एक दशक अघिसम्म जडीबुटीको खेती गर्नुहुन्थ्यो । जडीबुटीबाट राम्रो आम्दानी नभएपछि उहाँले १२ बिघा जग्गामा केरा खेती सुरु गर्नुभयो । उहाँ केरा खेतीबाट वार्षीक १ करोडको कारोबार गर्नुहुन्छ । आम्दानी राम्रो हुने भए पनि भारतबाट आउने सस्तो केराले यहाँका किसानलाई बजारीकरणको समस्या छ ।

केरा खेतीका लागि सरकारले किसानलाई अनुदान दिँदै आएको छ । केरामा लाग्ने रोगको पहिचान नहुँदा समस्या छ । त्यस्तै राम्रो केरा फले पनि हुरी बतास लाग्दा ठूलो क्षति पुर्याउँछ । कृषि बीमा कम्पनीहरु केराको बीमा गर्न मान्दैनन् ।

बर्दियामा प्रति हेक्टर ४७ मेट्रिक टन केरा उत्पादन हुन्छ । जिल्लामा ३ सय १० हेक्टरमा केरा खेती हुने गर्छ । बीउ, नर्सरी, सिचाइा, मेसिनलगायत सरकारले केरा पकाउने सामान सहयोग गर्दै आएको छ ।

बर्दियाका केरा नेपालगन्ज, बुटवल, जनकपुर, वीरगन्ज निकासी हुने गर्छ । सरकारले केरा खेती गर्ने किसानका लागि बिमाको व्यवस्था गर्न जरुरी छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement