काठमाडौं । इटालियन ओलम्पिक स्वर्ण पदक विजेता सारा एरानी र जस्मिन पाओलिनीको जोडी बिली जीन किङ कपको फाइनलमा प्रवेश गरेका छन् ।
पोल्यान्डका कटार्जिना कावा र इगा स्वितेकलाई पराजित गर्दै इटाली लगातार दोस्रो पटक बीजेके कपको फाइनलमा प्रवेश गरेको हो ।
रोमाञ्चक खेलमा इटालिले पोल्यान्डलाई २-१ ले पराजित गरेको हो । सारा एरानी र जस्मिन पाओलिनीको जोडीले दोस्रो र तेस्रो सेट क्रमस ६-४ र ६-४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेका हुन् ।
बुधबार हुने फाइनलमा इटालीले आज खेलिने बेलायत र स्लोभाकियाबिचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।