काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटनहमका मिडफिल्डर रोड्रिगो बेन्टानकुरलाई सात खेलको प्रतिबन्ध लागेको छ ।
एक अन्तर्वार्ताका क्रममा टिममेट सन हृयुङ-मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै मिडफिल्डर बेन्टानकुरमाथि प्रतिबन्ध लगाइएको फुटबल एसोसिएसन एफएले जनाउको छ ।
२७ वर्षीय उरुग्वेका फुटबल अन्तर्वार्ताका क्रममा अनुचित ढंगले कार्य गरेको, अपमानजनक र अपमानजनक शब्दहरू प्रयोग गरेको र गलत टिप्पणी मार्फत फुटबललाई बदनाम गरेको आरोप लागाइएको छ । साथै उनी माथि एक लाख पाउन्ड जरिवाना पनि तोकिएको छ ।
उनको प्रतिबन्ध डिसेम्बर २६ सम्म कायम रहने एफएले जनाएको छ । त्यसपछि उनी घरेलु खेलमा फर्किन पाउने छन् । यो सिजन उनले टोटनहमका लागि १५ खेल खेलेका छन् । जसमा एक गोल आफ्नो खातामा टिपाएका छन् ।