आईसीसी अन्डर १९ महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल र युएई भिड्दै

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी अन्डर १९ महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी अन्डर १९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दै छ । अपराजित दुवै टोली आफ्नो तेस्रो खेलमा एक अर्काविरुद्ध उत्रिन लागेका हुन् ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । बिहीबार दोस्रो खेल खेलेको नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले हराएको थियो ।

युएई पनि जारी प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा कुवेतलाई १ सय ६ रनले पराजित गरेको घरेलु टोलीले दोस्रो खेलमा थाइल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।

नेपाल र युएई यस प्रतियोगिताका दाबेदार टोली हुन् । त्यसकारण अन्डर १९ महिला ट्वेन्टी-२० विश्वकपमा स्थान बनाउन नेपालले युएईलाई हराउनु आवश्यक छ । अंक तालिकामा नेपाल र युएईको सामान ४-४ अंक रहेपनि नट रन रेटका आधारमा युएई शीर्ष स्थानमा छ । कुवेत र थाइल्याण्डले अंक जोडेका छैनन् ।

सहभागी चार टोलीमध्ये डबल राउण्ड रोबिनको आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछ । त्यसकारण युएईविरुद्धका दुवै खेल नेपालका लागि निकै महत्त्वपूर्ण छन् । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement