इंग्लिस अलराउन्डर ड्यान डौथवेटले काठमाडौं गुर्खाजबाट खेल्ने

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस अलराउन्डर ड्यान डौथवेटले काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग क्लब काठमाडौं गुर्खाजले आज आफ्नो चौथो विदेशी खेलाडी सार्वजनिक गरेको छ । काठमाडौंले आज सामाजिक सञ्जालमार्फत् इंग्लिस अलराउन्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

अब एनपीएलमा अनुबन्ध हुने खेलाडीको कोटा समाप्त हुनै लागेको छ । लुम्बिनी लायन्सले दुई र कर्णाली याक्सले एक खेलाडी अनुबन्ध गर्न मात्र बाँकी रहेको छ । त्यसपछि सबै ८ टिमले अनुबन्ध गर्ने ३२ खेलाडीको कोटा पूरा हुनेछ । प्रतियोगिता सुरु हुन २३ दिन मात्रै बाँकी रहँदा काठमाडौंले आफ्नो टिम पुरा गरेको हो ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको गुर्खाजले विष्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटलाइले टोलीमा ऊर्जा भर्ने दाबी गरेको छ । साथै उसले डौथवेटबाट बहुमुखी क्षमता प्रदर्शन हुने विश्वास टिमले लिएको बताएको छ ।

‘ड्यान एक असाधारण प्रतिभा हुन्, जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ,’ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले डौथवेटको आगमनमा आफ्नो हर्ष व्यक्त गर्दै भने, ‘ उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उहाँले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु।’

अलराउन्डर ड्यानले टोलीमा सामेल हुन पाउँदा गर्व महसुस गरिरहेको बताए । काठमाडौंले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गर्हार्ड इरास्मस र इंग्ल्यान्डका स्टिभ एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ । टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्, जसले अन्य खेलाडीहरूसँगै टिमको नेतृत्व गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement