काठमाडौं । एसियाली च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा क्रिस्टियानो रोनाल्डोको गोलले अल नासर विजयी भएको छ । खेल अवधिभर एल ऐनको दबाबमा रहेको रोनाल्डोले खेलको पहिलो हाफमा नै गोल गरेका थिए ।
खेलको पाँचौ मिनेटमा नै एन्डरसन टालिस्काले गोल गरेपछि भने नासरले अग्रता बनाएको हो। त्यसलाई दोब्बर पार्ने काम रोनाल्डोल गरे। त्यसैगरी पहिलो हाफमा अल ऐनका फाबिया राफेल रोड्रिग्वेजले आफ्नै पोस्टमा गोल गरेपछि भने नासरले एक गोल उपहारस्वरुप पाएको थियो ।
पहिलो हाफमा तीन गोलले अघि रहेको नासरका लागि बेन्टोले पनि आत्मघाती गोल गरे। त्यही आत्मघाती गोलबाटै अल ऐन क्लिन सिटले पराजित हुनबाट जोगिएको हो। यता, वाइजलीले ८१ औं मिनेटमा र टालिस्काले इन्ज्युरी समयमा गोल गरेपछि नासर विजयी भएको हो।
यो जितसँगै १२ क्लब सहभागी समूहमा नासर तेस्रो स्थानमा छ। उ अहिले शीर्ष र दोस्रो स्थानका अल हिलाल र अल अहली क्लबभन्दा दुई अंकले मात्र पछि छ। शीर्ष ८ टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्नेछ। यता गत सिजनको फाइनलमा नासरलाई हराएको अल ऐन भने यो वर्ष नकआउट चरणमा नै छनोट हुन नसक्ने खतरामा पुगेको छ।
हरमन क्रेस्पोको टोलीले चार खेलबाट एक अंक मात्रै जोडेको छ।