सुदूरपश्चिम नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । सुदूरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृति यू -१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेशलाई एक सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूर उपाधि नजिक पुगेको हो । सुदूरको जितमा सचिन भट्टले ५ विकेट लिए । सुदूरपश्चिमले अपाधिका लागि बुधबार लुम्बिनी प्रदेशको सामना गर्ने छ । लुम्बिनी प्रदेश विराटनगरमा जारी प्रतियोगितमा एक खेल अगावै फाइनल प्रवेश गरेको थियो । ऊ प्रतियोगितामा अपराजित एकमात्र टोली हो ।

मेरिलबोन बिराटनगर ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ८३ रन बनाएको थियो । सुदूरपश्चिमका ओपनर अभिषेक थापाले ३७ रन बनाए । कप्तान नरेश भट्टले २४ र अशोक धामीले २२ रन जोडे । युवराज खत्रीले सर्वाधिक ४४ रनको योगदान गरे । नरेन साउद २० रनमा बाहिरिए । कोशीका सौजन घिमिरेले चार विकेट लिए । कृतिक कामत, प्रेम कामत र आषिश मगरले एक-एक विकेट लिए ।

१ सय ८४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोशीले २२ ओभर ३ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो । कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । उसका कप्तान आषिश मगरले १३ र सौजन घिमिरेले २६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिम प्रदेशका बलर सचिन भट्टले घातक बलिङ गरे । सचिन एक्लैले पाँच विकेट लिएका थिए । उनले ६ ओभरमा दुई मेडन राख्दै केवल सात रन खर्चिए । नरेन साउदको नाममा २ विकेट रह्यो ।

यससँगै सुदूरपश्चिम प्रदेश ६ खेलबाट १० अंक जोड्दै फाइनल प्रवेश गर्यो । कोशी प्रदेशले २ अंक जोड्दै प्रतियोगिता समाप्त गर्यो ।अर्को खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्यो । कर्णालीले प्रतियोगितामा पहिलो पटक कुनै खेल जित्दा पराजित मधेशको फाइनल पुग्ने सम्भावना समाप्त भयो । प्रतियोगिता अन्तर्गत भोलि हुने लिगका अन्तिम दुई खेलमा लुम्बिनी र मधेश प्रदेश तथा बागमती र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement