तेस्रो वरियताका अलेक्जेन्डर ज्वेरेभको पेरिस मास्टर्समा विजयी सुरुवात

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
तेस्रो वरियताका अलेक्जेन्डर ज्वेरेभको पेरिस मास्टर्समा विजयी सुरुवात

काठमाडौं । तेस्रो वरियताका अलेक्जेन्डर ज्वेरेभले पेरिस मास्टर्समा विजयी सुरुवात गरेका छन् ।

ज्वेरेभले नेदरल्यान्डका ट्यालोन ग्रिकस्पोरलाई सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । पहिलो सेटमा केही कठिनाइ सामना गर्नु परे पनि ज्वेरेभले दोस्रो सेटमा भने प्रभावशाली प्रदर्शन गरे । ज्वेरेभले पहिलो सेट ७-६ र दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारे । ग्रिकस्पोरलाई पराजित गर्न ज्वेरेभलाई ९२ मिनेटको समय लाग्यो ।

यो जितले ज्वेरेभ एकै सिजनमा सबै नौ वटा एटीपी मास्टर्स वान थाउजेन्टको राउन्ड अफ १६ मा पुग्ने पहिलो खेलाडी बनेका छन् । ज्वेरेभले मेमा रोममा आफ्नो करियरको छैटौं मास्टर्स उपाधि जितेका थिए । ज्वेरेभले प्रि-क्वार्टरफाइनलमा आर्थर फिल्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

जुलाईमा ह्याम्वर्ग ओपनको फाइनलमा ज्वेरेभ फ्रेन्च युवा खेलाडी आर्थर फिल्ससँग पराजित भएका थिए । २७ वर्षीय जर्मन खेलाडी ज्वेरेभलाई सो हारको बदला लिने अवसर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement