काठमाडौं । काराबाओ कपको अर्को खेलमा कोडी गाक्पोले दुई गोल गरेपछि लिभरपुलले ब्राइटनलाई नटआउट गर्दै अन्तिम ८ मा स्थान बनायो । लिभरपुलले ब्राइटनलाई ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सिकिएको खेलको ब्रेकको एक मिनेटपछि डच फरवार्ड गाक्पोले डेडलक तोडे । इभान फर्गुसनको प्रहार बारमा लागेर फर्किएपछि लिभरपुलले गोल थप्ने सुनौलो मौका खेर फाल्यो । ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि अमेरिकन एक्सप्रेस स्टेडियममा लिभरपुलले २-० को अग्रता बनायो ।
८१औं मिनेटमा साइमन एडिन्ग्राले ब्राइटनका लागि पहिलो गोल गरे । ८५औं मिनेटमा लुइस डियाजले गोल गरेपछि लिभरपुल ३-१ ले अघि रह्यो । ९०औं मिनेटमा तारिक लम्प्टेले गोल गरे पनि ब्राइटनका लागि प्रयाप्त हुन सकेन ।
अर्को खेलमा आर्सनलले प्रिसटनलाई ३-०, न्युक्यासलले चेल्सीलाई २-० र क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।