साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेश बीचको खेल जारी, पहिलो हाफ बराबरीमा सकियो

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप फाइनल : नेपाल र बंगलादेश बीचको खेल जारी, पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा अहिले नेपालले बंगलादेशको सामना गरिरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुवै टिमले निकै राम्रा अवसर गुमाएका छन्। खेलको दोस्रो मिनेटमा नै नेपाल गोलबाट जोगियो । गीता रानाले चलाएको बल ५२ यार्डसम्म मात्र पुगेपछि बंगलादेशकी तोहुरा खातुनले शक्तिशाली प्रहार गरिन् । उनको प्रहार क्रसबारमा लागेर फर्कियो । 

खेलको १० औं मिनेटमा नेपालको प्रहार पनि उसैगरी बाहिरियो । अमिषा कार्कीको प्रहार क्रसबारमा ठोक्किएर मैदानतर्फ फर्कियो । त्यसअघि सावित्रा गोलको नजिक पुगेर पनि गोल गर्नै सकनिन् । प्रिति राईको पासमा सावित्रा अफसाइड हुँदा अर्को गोलको अवसर गुम्यो ।

खेलको २० औं मिनेटमा अमृता जैशीले ब्याक फउल गर्दा रेफ्रीले उनलाई पहेँलो कार्ड देखाएकी थिइन् । २८ औं मिनेटमा सावित्राको उत्कृष्ट पासलाई नियन्त्रणमा लिन नसक्दा अमिषा कार्की गोल गर्न चुकिन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement