इंग्लिस प्रिमियर लिग : वल्भ्समाथि म्यानचेस्टर सिटीको जित

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिग : वल्भ्समाथि म्यानचेस्टर सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई ८ औं खेलसम्म कायम राखेको छ । गएराति सम्पन्न खेलमा सिटीले वल्भ्सलाई २-१ ले पराजित गरेको हो ।

वल्भ्सको मैदान मोलिनक्स स्टेडियममा १-० ले पछि परे अवस्थालाई उल्ट्याउँदै सिटीले जित हात पारेको हो । जोर्गेन स्ट्रान्ड लार्सनले सातौं मिनेटमा गोल गर्दै वल्भ्सलाई अग्रता दिलाए । तर ३३ औं मिनेटमा सिटीका लागि जोस्को ग्वार्डिओलले बराबरी गोल फर्काएपछि पहिलो हाफमा १-१ को बराबरीमा सकियो ।

इन्ज्युरी समयमा जोन स्टोन्सले सिटीका लागि विजयी गोल गरेपछि साविक विजेता टोलीले ३ अंक जोड्यो । जारी सिजनको प्रिमियर लिगमा सिटी एक मात्र अपराजित टोली हो । उ आठ खेलमा २० अंकसहित लिगको दोस्रो स्थानमा छ । वल्भ्स १ अंकका साथ तालिकाको पुछारमा रहेको छ ।

गए राति नै सम्पन्न र्को खेलमा चेल्सीलाई २-१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । ८ खेलमा ७ जित र १ हार बेहोरेको लिभरपुलको २१ अंक छ । समान खेलमा १४ अंकसहित चेल्सी १४ औं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.