एनपीएल : नेदरल्यान्ड्सका बास डी लिडे पोखरा एभेन्जर्समा अनुबन्धित

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : नेदरल्यान्ड्सका बास डी लिडे पोखरा एभेन्जर्समा अनुबन्धित

पोखरा । पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडेलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २४ वर्षीय बास डी लिडे नेदरल्यान्ड्सका लागि ३८ टी-२० आईमा खेलेका छन् । जसमा ६९७ रन बनाएका छन् ।

बास डी लिडेलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने योजना रहेको बताए ।

एनपीएलकै सबै भन्दा महँगो टिम पोखराले कुशल, डी लिडे र गौससँगै सागर ढकाल,आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ । एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.