कार्तिक ७ गतेदेखि नवाैँ अरूणभ्याली फुटबल प्रतियोगिता हुने

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार्तिक ७ गतेदेखि नवाैँ अरूणभ्याली फुटबल प्रतियोगिता हुने

सङ्खुवासभा । सङ्खुवासभा-एड्भान्स क्लबले कार्तिक ७ गतेबाट अरुण भ्याली फुटबल प्रतियोगिताको नवौं संस्करणको प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।

क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगितामा जिल्लाका ९ टोलीसहित धनकुटाकाे चुलाचुली, माेरङकाे बेलबारी फुटबल क्लब र सुनसरीका पाथिभरा फुटबल क्लब सहभागी हुने क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयो ।

प्रतियोगिता कार्तिक १२ गतेसम्म महेन्द्र माविकाे खेलमैदानमा हुने आयोजकले जनाएकाे छ । विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पाउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.