साफ महिला च्याम्पियनसिपको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतको विजयी सुरुवात

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भाारतले सानदार जित हात पारेको छ । उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यस खेलमा बाला देवीले कमब्याक गरिन् । पुनरागमनमा उनले गोल पनि गरिन् । कप्तान आशालता देवीले १ सयौं अन्तर्राष्ट्रिय क्याप जितिन् । उनी भारतका लागि १ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो महिला खेलाडी हुन् ।

दशरथ रंगशालामा भारतले सुरुवाती १७ मिनेटमै २ गोल गर्यो । खेलको पाँचौ मिनेटमा ग्रेस दाङमेइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पाकिस्तानी गोलरक्षक निशा अशरफले बचाउन सकेनन् । १७ औं मिनेटमा मनिषाले अग्रता दोब्बर पारिन् ।

३६ औं मिनेटमा भारतका लागि बाला देवीले गोल थपिन् । उनका लागि यो ५० औं अन्तर्राष्ट्रिय गोल हो । उनी भारतका लागि सर्वाधिक गोल गर्ने महिलाा खेलाडीसमेत हुन् । ४३ औं मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ३-० ले अघि बढ्यो ।

तर इन्ज्युरी समयको पहिलो मिनेटमा पाकिस्तानले पेनाल्टीको अवसर पायो । कप्तान आशालताले पेनाल्टी क्षेत्रभित्र नादिया खानलाई लडाएपछि प्राप्त पेनाल्टीमा सुहा हिरानीले गोल गरिन् । पहिलो हाफमा ४-१ ले पछि परेको पाकिस्तानले दोस्रो हाफको सुरुवातमा गोल गर्दै पुनरागमनको प्रयास गर्यो । कर्नरबाट फर्केर आएको बलमा कायल सिद्दिकीले गोल गरेकी हुन् ।

५८ औं मिनेटमा बालादेवी मैदानबाट बाहिरिइन् । उनको स्थानमा ज्योती चौहान मैदान प्रवेश गरेकी थिइन्। ६१औं मिनेटमा पाकिस्तानले गोल गर्ने अवसर गुमायो ।

७८औं मिनेटमा भारतले पाँचौं गोल थप्यो। डालिमा छिब्बरको कर्नरमा वैकल्पिक खेलाडी ज्योतिले हेडरमार्फत प्रहार गरेको बलले सिधैं जाली चुम्यो । जितसँगै भारतले समूह ए मा ३ अंक जोडेको छ । 

प्रतियोगिताको समूह ए मा भारत, बंगलादेश र पाकिस्तान छन् । समूह बी मा नेपाल, भुटान, मालदिभ्स र श्रीलंका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.