बार्सिलोनाका स्ट्राइकर टोरेस ह्यममिस्ट्रिङ चोटका कारण मैदान बाहिर रहने

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बार्सिलोनाका स्ट्राइकर टोरेस ह्यममिस्ट्रिङ चोटका कारण मैदान बाहिर रहने

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर फरान टोरेस ह्यममिस्ट्रिङ चोटका कारण मैदान बाहिर रहने भएका छन् । उनलाई गत सोमबार भएको ला लिगको खेलमा चोट लागेपछि अनिश्चित समयको लागि मैदानबाट बाहिर रहने क्लबले जानकारी दिएको हो ।

२४ वर्षका टोरेसले अब स्पेनको राष्ट्रिय टोलीबाट नेसन्स लिग खेल्ने अवसर पनि गुमाएका छन् । पछिल्लो समय युरो कप जितेको स्पेनको टोली अहिले निकै बलियो अवस्थामा छ । तर टोरेस नभएपछि स्पेनलाई सहज हुने छैन् । स्पेनले नेसन्स लिगमा डेनमार्क र सर्बियासँग खेल्ने तालिका छ ।

प्रशिक्षक डि ला फुन्टे ले टोरेस कती समय मैदान बाहिरने रहने स्पस्ट नपारे पनी मिडिया रिपोर्टका अनुसार उनी ६ महिना देखि ८ महिनासम्म बाहिर रहने बताइएको छ । उनको दायाँ खुट्टाको बाइसेप फिमोरमा चोट लागेको मेडिकल रिपोर्टमा उल्लेख छ । उनले यो सिजन १० खेल खेलिसकेका छन् । बार्सिलोना अहिले खेलाडीको चोटको समस्याबाट गुज्रिरहेको छ ।

उसका ड्यानी ओल्मो, गाभी, फरमिन लोपेज र रोनाल्ड अराउजो जस्ता खेलाडीलाई चोट लागेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement