काभा अन्डर ट्वेन्टी च्याम्पियनसिपमा आज नेपालले मालदिभ्ससँग खेल्दै

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा अन्डर ट्वेन्टी च्याम्पियनसिपमा आज नेपालले मालदिभ्ससँग खेल्दै

काठमाडौं । काभा अन्डर ट्वेन्टी च्याम्पियनसिपमा आज नेपालले मालदिभ्ससँग खेल्दै छ। यो खेल  दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाल आज च्याम्पियनसिपमा दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा श्रीलंकाविरुद्ध प्रभावसाली जित दर्ता गरेको नेपालले दोस्रो खेलमा भने उज्बेकिस्तानसँग ३-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलका दुई सेटमा नेपाल निकै फराकिलो अन्तरले पराजित भएको थियो । 

त्यसैले आजको खेलमा जित निकाल्नु नेपाललाई निकै महत्त्वपूर्ण छ । लगातार तेस्रो खेल खेल्दै गरेको दुवै टोलीका खेलाडीमा थकान भने बढेको छ । पहिलो खेलमा नेपालसँग पराजित श्रीलंकाले हिजो मालदिभ्सलाई हराएको थियो।  उक्त खेलमा मालदिभ्स ३-० को सेटमा पराजित भएको थियो । 

पहिलो खेलमा पनि मालदिभ्स तुर्किमेनिस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो । अहिलेसम्म सबैभन्दा कमजोर प्रदर्शन गरेको मालदिभ्सलाई आज नेपाल सहजै हराएर फाइनल यात्रा सुरक्षित गर्ने योजनामा हुनेछ । अहिलेसम्म नेपालको तीन अंक छ भने मालदिभ्स अंकविहीन छ । 

उज्बेकिस्तान र तुर्किमेनिस्तानको समान ६-६ अंक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement