आईसीसी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । गए राति सम्पन्न खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा नताली सिभर ब्रन्ट र ड्यानियल वाट हजले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । सारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको  दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । अफ्रिकी टोलीका लागी कप्तान लौरा वोल्भार्डले सर्वाधिक ४२ रनको इनिङ्स खेलेपनि अन्य ब्याटरको प्रदर्शन खास हुन सकेन । 

इंग्ल्यान्डका सोफी टोनले २ विकेट लिइन् । जवाफमा इंल्यान्डले १९ ओभर २ बलमा तीन विकेट गुमाएर १ सय २५ रनको लक्ष्य पुरा गर्यो । उसका लागी वाट हजले ४३ रनको योगदान दिँदा ब्रन्ट ४८ रनमा नटआउट रहिन् । १ सय २५ रनको लक्ष्य अफ्रिकी बलरले रक्षा गर्न सकेनन् । 

यस जितसँगै इंग्ल्यन्ड समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । उसले २ खेलमा ४ अंक जोडेको इंग्ल्यन्ड आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध २१ रनले विजयी भएको थियो  । समान खेलमा २ अंक जोडेको दक्षिण अफ्रिका समूहको तेस्रो स्थानमा छ । उसले पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो । 

महिला टी-२० विश्वकपमा आज हुने एक मात्र खेलमा साबिक विजेता अस्ट्रेलियाले न्यूजिल्यान्डको सानमा गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement