काठमाडौं । काभा अन्डर-ट्वेन्टी भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलोम्बोस्थित सुगाथा-दास इन्डोर स्टेडियममा नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको हो ।
पहिलो खेलमा जितसहित उत्साही बनेको नेपाली टिमले दोस्रो खेलमा भने निराशाजनक प्रदर्शन गर्यो। उज्वेकिस्तानसँगको पहिलो सेटमा नेपालले २५-१९ को हार ब्यहोरेको हो। दोस्रो सेटमा पनि नेपाल २५-१४ ले पराजित भयो। यो पराजयपछि नेपाल कमजोर अवस्थामा पुग्दा उज्वेकिस्तानलाई सहज भएको छ ।
प्रतिस्पर्धात्मक तेस्रो सेटमा भने नेपालले दुई सेट पोइन्ट बचाउँदै २९-२७ को जित हाासिल गरेपछि खेलमा नेपालले पुनरागमनको आशा जगाएको थियो। तर उज्वेकिस्तानले सुरुवातबाट नेपाललाई दबाबमा राखेर २५-१६ को जित दर्ता गरेको हो।
नेपालले हिजो भएको पहिलो खेलमा आयोजक श्रीलंकालाई सोझो सेटमा नै हराएको थियो। नेपाल उपाधि लक्ष्यसाथ प्रतियोगितामा सहभागी बनेको हो।