क्यानडा एचपीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडा एचपीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । क्यानडा एचपीसँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ । नेपालले घरेलु टोलीलाई २० रनले हराएको हो ।

योसँगै तीन खेलको अभ्यास सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । खेल जितेपनि क्यानडा एचपीसँग यस पटक पनि नेपाली ब्याटर पूरै ५० ओभर पिचमा टिक्न सकेनन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६ ओभर १ बलमा १ सय ७६ रनमा अल आउट भयो ।

ओपनर अर्जुन साउद ७ र अनिल साह २५ रनमा आउट भए । देव खनाल १५, भीम सार्की १६ र आरिफ शेखले १८ रन बनाए । दीपेन्द्रसिंह ऐरी २७ रनमा बाहिरिदा कुशल भुर्तेल गोल्डेन डक भए । सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए । गुल्सन झा ६ रनमा आउट भए ।

घरेलु टोलीका लागी निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आहमदजाई र इफरान सादतले २-२ विकेट लिए ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको एचपी ४५ओभर ३ बलमा १ सय ५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । मुनिर अहमद काकाले ३६ रनको योगदान दिए । नेपालका गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिए ।

दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लको नाममा १-१ विकेट रहृयो । दुई टोलीबिचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement