आईसीसी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डको विजयी सुरुवात

बंगलादेश २१ रनले पराजित
आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकपमा इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा इंग्ल्यान्डले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

शारजाह क्रिकेट स्टेडियममा इंग्ल्यान्डकी कप्तान हेथर नाइटले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरिन् । इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।

इंग्ल्यान्डकी माइया बाउचरले २३ रन जोडिन् । ड्यानियल ब्याट होजले उत्कृष्ट इनिङ्स खेल्दै सर्वाधिक ४१ रन बनाइन् । यामी जानसले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशकी नाहिदा अख्तर र फहिमा खातुनले २-२ विकेट लिए ।

जवाफमा १ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो । उसका शोभना मोस्तारीले सर्वाधिक ४४ र निगार सुल्तानाले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इंग्ल्यान्डकका इन्से स्मिथ र चार्ली डीनले २-२ विकेट लिए । जितसंगै इंग्ल्यान्ड २ अंक सहित समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलमा २ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा बंगलादेशले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

महिला टी-२० विश्वकपमा आज भारत र पाकिस्तान तथा स्कटल्यान्ड र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement