एनपीएल अक्सन : ललित राजवंशी र लोकेश वम १५ लाखमा बिक्री

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल अक्सन : ललित राजवंशी र लोकेश वम १५ लाखमा बिक्री

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक १५ लाख रुपैयाँमा जनकपुर बोल्टमा अनुबन्ध भएका छन् । काठमाडौंमा जारी एनपीएलको अक्सनमा 'ए' क्याटगरीका ललितलाई काठमाडौं र चितवनबाहेक बाँकी ६ टिमले १५ लाखको बोली लगाएका थिए । लक्की ड्रका आधारमा जनकपुरले ललितलाई टिममा भित्र्यायो ।

यसैगरी, लोकेश वमलाई विराटनगर किङ्ग्सले सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको छ । जनकपुरबाहेक बाँकी ७ टिमले लोकेशमाथि बोली लगाएका थिए ।

यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते फास्ट बलर रिजन ढकाल चितवन राइनोजमा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'ए' क्याटगरीको खेलाडीका रुपमा चितवनले आधार मूल्य १० लाखमा खरिद गरेको हो ।

गण्डकी प्रदेशका दायाँ हाते स्पिनर सुबास भण्डारी विराटनगर किङ्ग्समा अनुबसिन्धत भएका छन् । अक्सनमा उनलाई सी क्याटगरीको खेलाडीका रुपमा विराटनगरले २ लाख ५० हजारमा खरिद गरेको हो ।

बागमती प्रदेशका ओपनर ब्याटर आसुतोस घिरैया लुम्बिनी लायन्समा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'बी' क्याटगरीको खेलाडीका रुपमा लुम्बिनी लायन्सले सर्वाधिक १० लाख रुपौयाँमा खरिद गरेको हो । बी क्याटगरीका खेलाडीका लागि बोलिने यो अधिकतम मूल्य हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement