हेटौंडा-कुलेखानी-काठमाडौं र हेटौंडा-फाखेल-काठमाडौं सडक खुल्यो

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
हेटौंडा-कुलेखानी-काठमाडौं र हेटौंडा-फाखेल-काठमाडौं सडक खुल्यो

काठमाडौं । काठमाडौं र हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग हेटौंडा कुलेखानी काठमाडौं र हेटौंडा फाखेल काठमाडौं सडक सन्चालन भएको छ ।

दुवै सडकका ५ स्थानमा डाईभर्सन बनाएर सडक सन्चालनमा ल्याईएको बागमती प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री अमन मास्केले जानकारी दिनुभयो ।

फाखेल सडक खन्डको एक स्थानमा ब्यक्तीको निजी जग्गाबाट बाटो डाईभर्सन गरिएको छ । गत असोज १३ गतेदेखि बाढी र पहिरोका कारण दुबै राजमार्ग अवरुद्द थियो ।

राजमार्गमा रहेका सबै पहिरो पन्छाएर सडक नै झरेको भएका स्थानमा डाईभर्सन बनाएर सडक सन्चालनमा ल्याईएको हो ।

जोखिम रहेका केही स्थानमा डोजर एक्साभेटर जस्ता उपकरण राखेर सडक सन्चालनमा ल्याईएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement