काभा महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स पुलिस भिड्दै

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्स पुलिस भिड्दै

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको समूह चरणका अन्तिम दिनका खेल आज भइरहेका छन् । प्रतियोगितामा चार खेलमा लगातार जित दर्ता गरेको नेपालले आज लिगको अन्तिम खेलमा माल्दिभ्स पुलिसको सामना गर्नेछ ।

आज नेपाल र माल्दिभ्सबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ । रुपेश विस्टको टोलीले यसअघिका तीन खेलमा सोझो सेटमा जित दर्ता गरेको छ भने गएराति भएको खेलमा भने माल्दिभ्सको क्लब बाम्कोलाई पाँच सेटमा पराजित गरेको थियो ।

नेपाल पुलिस क्लब अपराजित रहेर प्रतियोगिताको फाइनलमा पुग्न चाहन्छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको अघिल्ला चारै खेलमा जित निकालेको पुलिसले ११ अंक जोडेको छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो।

काभाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नेपाल पुलिसल च्याम्पियन बन्ने लक्ष्य राखेको छ । नेपाल अब उपाधिभन्दा दुई खेल मात्र टाढा छ । समूह चरणमा उत्कृष्ट प्रर्दन गर्ने दुई टोलीले फाइनल खेल्नेछन् । फाइनलमा नेपालले खेल्ने विपक्षी टोलीको टुंगो पनि आज नै लाग्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement