कान्तिपुर टेलिभिजनकर्मी श्याम श्रेष्ठसहित ५ जनालाई यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनकर्मी श्याम श्रेष्ठसहित ५ जनालाई यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार घोषणा गरिएको छ ।

यस वर्षको पुरस्कार युद्धग्रस्त मुलुक इजरायलमा पुगेर स्थलगत रिपोर्टिङ गरेका कान्तिपुर टेलिभिजनका पत्रकारहरु श्याम श्रेष्ठ, होम कार्की र प्रकाश तिमिल्सिना एवं दार्चुलाको दुर्गम अपि हिमाल क्षेत्रमा पुगेर रिपोर्टिङ गरेका एनटिभी कोहलपुरका पत्रकार दुर्गा भट्ट र विपिन श्रीवात्सवको टोलीलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिष्ठानको निर्णायक समितिले विभिन्न टेलिभिजन च्यानलका पत्रकारहरुबाट प्राप्त २२ वटा समाचार सामग्रीहरु मध्येबाट विजेताको छनोट गरेको प्रतिष्ठानका सचिव सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिलकुमार सिंहको स्मृतिमा एक लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरिएको थियो ।

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार यहि असोज ७ गते सोमबार नेपाल टेलिभिजनमा विशेष समारोहको आयोजना गरी प्रदान गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement