युएफा च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको विजयी सुरुवात

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएफा च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको विजयी सुरुवात

काठमाडौं । युएफा च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । स्पेनिस टोली एट्लेटिकोले जर्मन क्लब आरबी लाइपजिगलाई २-१ ले हराएको हो ।

बराबरी उन्मुख खेलमा डिफेन्डर जोसे मारिया गिमेनेजले अन्तिम समयमा गरेको गोलले एट्लेटिकोलाई जित दिलाएको हो ।

मेट्रोपोलिटानो स्टेडियममा खेलको चौथो मिनेटमा स्ट्राइकर बेन्जामिन सेस्कोले गरेको हेडरमार्फत घरेलु टोली लाइपजिगले सुरुवाती अग्रता बनाएको थियो । उनले काउन्टर अट्याकमा गोल गरेका थिए । २८औं मिनेटमा एन्टोनी ग्रिजमनले टप कर्नरमा उत्कृष्ट भली प्रहार गर्दै खेल बराबरीमा फर्काए ।

एट्लेटिकोले गोलका लागि कुल २० प्रयास गर्दै खेलमा वर्चस्व कायम गरेको थियो । तर दोस्रो गोल गर्न खेलको ९० औं मिनेट सम्म प्रतिक्षा गर्नु पर्यो । ९० औं मिनेटमा गिमेनेजले ग्रिजम्यानको क्रसमा हेडरमार्फत गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

अर्को खेलमा गोलरक्षक डेविड रायाले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्लिस टोली आर्सनल एटलान्टालाई गोलरहित बराबरीमा रोक्न सफल भयो ।

जर्मन च्याम्पियन बायर लेभरकुजनले डच टोली फायनउडमाथि ४-० को प्रभावशाली जित दर्ता गर्‍यो । फ्रान्सको बेस्टले अष्ट्रियाको र्स्टम ग्राजलाई २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद डेब्यु गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement