काभा महिला क्लब च्याम्पियनसीप : नेपाल पुलिस क्लब एक खेल अगावै फाइनलमा

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा महिला क्लब च्याम्पियनसीप : नेपाल पुलिस क्लब एक खेल अगावै फाइनलमा

काठमाडौं । नेपालको विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै काभा महिला क्लब च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सको क्लब वाम्कोलाई पाँच सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले यस प्रतियोगितामा पहिलो पटक पुरै सेट गुमाएको हो ।

अघिल्ला सबै खेलमा पुलिसले विपक्षीलाई सोझो सेटमा हराएको थियो । दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै २५-२० को नतिजा हात पार्यो । तेस्रो सेटमा २१-२५ ले हारेपछि पुलिसले चौथो सेटमा पुनः कमब्याक गर्यो र २५-१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म धकेल्यो । पाँचौं तथा निणार्यक सेटमा घरेलु टोलीलाई १५-१३ ले पछि पार्दै पुलिस एक खेल अगावै फाइनल प्रवेश गर्न सफल भयो । जारी प्रतियोगितामा अपराजित पुलिसका लागि यो लगातार चौथो जित थियो ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ ।

लिग चरणको अन्तिम खेलमा पुलिसले आज साँझ पौने ६ बजे माल्दिभ्स पुलिस क्लबको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement