एन्फा महिला लिगमा नेपाल पुलिस र चन्द्रपुरसँग गोलरहित बराबरी

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा नेपाल पुलिस र चन्द्रपुरसँग गोलरहित बराबरी

काठमाडौं । नेपाल पुलिस क्लबले चन्द्रपुरसँग गोलरहित बराबरी खेलेको छ । एन्फा महिला लिग अन्तर्गत सातदोबाटोमा भएको खेलमा दुवै टिमले गोल गर्न नसक्दा एक–एक अंक बाँडेका हुन् ।

खेलको १२ औं मिनेटमा दुई डिफेन्डरलाई विट गरे पनि गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा निरु थापा गोलमा असफल भइन् । विभाग बाहिरका टिमविरुद्ध प्रभावसाली प्रदर्शन गर्दै आएको भए पनि पुलिसले आज चन्द्रपुरविरुद्ध सिर्जना गरेको अवसरलाई समेत सदुपयोग गर्न सकेन् ।

३३ औं मिनेटमा निर्मला उपाध्याय पेनाल्टी बक्स भित्रबाट गोलमा चुकिन् । त्यसैगरी, ६२ औं मिनेटमा निरुले मिलाइदिएको पासमा रेविका पाण्डेको प्रहार गोलकिपर उषा थापाले बचाएकी थिइन् ।

खेलको ६९ औं मिनेटमा चन्द्रपुरकी रजनी थोकले २५ यार्डबाट गरेको प्रहार पुलिसकी डिफेन्डर समीषा घिमिरेको हातमा लागेको थियो । त्यसपछि पाएको पेनाल्टीको अवसर चन्द्रपुरले सदुपयोग गर्न सकेन्। दिल कुमारी मगरले दायाँ कर्नरमा गरेको प्रहार गोलकिपर उषा नाथले डाइभ गरेर बचाएपछि चन्द्रपुर विभागविरुद्ध जित निकाल्न चुकेको हो।

जारी लिगमा विभागीय टिमलाई पहिलो पटक विभागबाहिरको टिमले बराबरीमा रोको हो । पुलिसले यसअघि आर्मी र एपिएफसँग पनि बराबरी खेलेको थियो । आज बराबरी खेलेसँगै पुलिसले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले ६ खेलबाट १२ अंक बनाएको छ । सात अंकका साथ चन्द्रपुर छैटौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement