युरोपेली च्याम्पियन्स लिगमा आज राति ६ खेल हुँदै

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपेली च्याम्पियन्स लिगमा आज राति ६ खेल हुँदै

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा आज राति ६ खेल हुँदैछन् । आज राति म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्नेछ। पीएसजीले जिरोनासँग खेल्ने तालिका छ ।

दुई संस्करण अघिको विजेता म्यानचेस्टर सिटीले आज राति पौने एक बजे इतिहाद रंगशालामा इन्टर मिलानलाई आतिथ्यता प्रदान गर्नेछ । यसअघि यी दुई टिम इतिहासमा नै एकपटक मात्र भेट भएका थिए ।

सो खेल सिटीले जितेको थियो । न्युकासल, चेल्सी, लिभरपुल र आर्सनलजस्ता टिमलाई समेत उसकै घरेलु मैदानमा हराइसकेको इन्टर आज पनि जितको खोजीमा हुनेछ । तर पछिल्लो २३ खेलमा अपराजित म्यानचेस्टर सिटी निर्वाध रुपमा यो संस्करणको पनि उपाधि दाबेदार टोली हो ।

यदि सिटीले अबका दुई खेलमा जित दर्ता गरे उसले म्यानचेस्टर युनाइटेडले बनाएको २५ खेलको अपराजित यात्राको कीर्तिमान बराबरी गर्नेछ । च्याम्पियन्स लिगमा आजै फ्रेन्च जायन्ट पीएसजीले राति पौने १ बजे नै जिरोनाको सामना गर्नेछ तालिका छ ।

जिरोना, पीएसजीले च्याम्पियन्स लिगमा खेल्न लागेको ४४ औं फरक टिमसमेत हो । पछिल्लो समय पीएसजीले आफूले खेलेका नयाँ टिमलाई लगातार हराइसकेको छ । च्याम्पियन्स लिगमा जिरोनाको यो डेब्यु खेलसमेत हुनेछ । यता पीएसजीले भने पछिल्लो दशकमा समूह चरणका खेल मात्र होम खेलमा हार ब्यहोरेको छ ।

लिगमा आज राति नै जर्मन क्लब बोरुसिया डर्टमन्डले क्लब ब्रुगको सामना गर्नेछ । बोलोग्नाले शख्तर डोनेस्कसँग राति साढे १० बजे खेल्दा स्पार्टा प्रहले साल्जबर्गको सामना गर्नेछ । लिगमा गएराति बायर्न म्युनिखले डाइनामो जाग्रेबविरुद्ध नौ गोल गरेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement