च्याम्पियन्स लिग आजबाट सुरु हुँदै

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स लिग आजबाट सुरु हुँदै

काठमाडौं । नयाँ शैलीको च्याम्पियन्स लिग आज युरोपका विभिन्न देशमा सुरु हुँदैछ । आज राति च्याम्पियन्स लिगका ६ खेल हुनेछन् ।

च्यामिपयन्स लिगमा राति पौने १ बजे रियाल मड्रिडले स्टुटगार्टको सामना गर्नेछ । यो खेल मड्रिडको सान्टियागो बर्नाबेउमा हुनेछ । युरोपेली प्रतियोगितामा आज रियालले १५ औं फरक जर्मन क्लबको सामना गर्न लागेको हो । स्टुटडार्टले भने १४ वर्षपछि आज च्याम्पियन्स लिग खेल्नेछ ।

यसैगरी, आज राति पौने १ बजे नै हुने खेलमा बायर्नले डाइनामो जाग्रेबसँग खेल्नेछ । च्याम्पियनस लिगमा यी दुई टिमबीच पाँचौ पटक भेट हुन लागेका हुन् । च्याम्पियन्स लिगको पहिलो दिन आज राति स्पोटिर्ङले फ्रेन्च क्लब लिल्लको सामना गर्नेछ । यस्तै मिलानले लिभरपुलसँग खेल्ने तालिका छ । लिभरपुल सान सिरो रंगशालामा शतप्रतिशत जित दर्ता गर्ने एकमात्र भ्रमणकारी टिम हो ।

यता, राति साढे १० बजे हुने खेलमा इटालियन क्लब युभेन्टसले एलियन्ज रंगशालामा पीएसभीलाई आतिथ्यता प्रदान गर्नेछ । च्याम्पियन्स लिगमा यी दुई टिम पहिलो पटक भेट्न लागेका हुन् । पीएसभीले यसअघि कहिल्यै पनि इटालियन टिमविरुद्ध अवे मैदानमा जित दर्ता गर्न सकेको छैन । युभेन्टसले आज ३८ औं पटक युरोपको एलिट प्रतियोगिता खेल्न लागेको हो । च्याम्पियन्स लिगमा सबैभन्दा धेरै सहभागी हुने क्लब पनि युभेन्टस नै हो ।

राति साढे १० बजेकै अर्को खेलमा योङ बोइजले एस्टन भिल्लाको सामना गर्नेछ । यी दुई टिमबीच च्याम्पियन्स लिगमा पहिलो खेल हुन लागेको हो । इतिहास हेर्दा योङ बोइजले इग्लिस टिमविरुद्ध राम्रो प्रदर्शन गर्न सकेको छैन् । पछिल्लो ४१ वर्षमा भिल्लाले आज पहिलो पटक च्याम्पियन्स लिग खेल्न लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement