एएफसी अन्डर-२० एसियन कप छनोट र साफ अन्डर-१७ च्याम्पियनसिप खेल्ने टोलीको विदाइ

दुवै टोली भोलि प्रस्थान गर्ने
आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी अन्डर-२० एसियन कप छनोट र साफ अन्डर-१७ च्याम्पियनसिप खेल्ने टोलीको विदाइ

काठमाडौं । नेपालले यो साता एएफसी अन्डर ट्वेन्टी एसियन कप छनोट र साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दुवै टोलीलाई विदाइ गरिएको छ । अन्डर-ट्वेन्टी एसियन कप छनोट खेल चाइनिज ताइपेइमा असोज ५ गतेदेखि हुनेछ । समूह बी मा रहेको नेपालले उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले शनिबार कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको स्क्वाडमा घरेलु मैदानमा भएको साफ अन्डर-ट्वेन्टी च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवाले नेपाल फाइनल चरणका लागि छनोट हुने विश्वास व्यक्त गरे । यस्तै साफ अन्डर सेभेन्टिन भुटानमा आगामी शुक्रबारदेखि हुँदैछ ।

समूह बी मा नेपालले पाकिस्तान, श्रीलंका र घरेलु टोली भुटानसँग खेल्नेछ । नेपालले समूहको पहिलो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ । यो प्रतियोगिता अन्डर फिफ्टिन, अन्डर सिक्सटिन र अन्डर सेभेन्टिनमा हुँदै आएको छ । तीनै फरम्याटमा तीन पटक फाइनल पुगेको नेपालले उपाधी भने जित्न सकेको छैन ।

समूह ए मा भारत, माल्दिभ्स र बंगलादेश छन् । अन्डर सेभेन्टिन टोली भोलि विहान र अन्डर-ट्वेन्टी बेलुका प्रस्थान गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement