काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा उपहार गोल प्राप्त गरेपछि अल-नासर साउदी प्रो लिगमा हारबाट जोगिएको छ ।
अल-अवल पार्कमा गएराति सम्पन्न खेलमा क्रिष्टियानो रोनाल्डो नेतृत्वको अल-नासर र अल-अहलीले १-१ गोलको बराबरी खेलका हुन् । खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा अल-अहलीका सम अल-हुरेजीले आत्माघाती गोल गरेपछि अल-नासरको हार टरेको थियो ।
पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर ५७ औं मिनेटमा फ्रान्क केसीले गोल गर्दै अल-अहलीलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको नवौं मिनेटमा अल-नासरले उहार गोल प्राप्त गर्यो । अब्दुलरहमान घारीबको क्रसमा सुल्तान अल-घनमले गरेको प्रहार अल-अहलीका डिफेन्डर बसम अल-हुरेजीको खुट्टामा लागेपछि आतमाघाती गोल हुन पुग्यो ।
यससँगै दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । साउदी प्रो लिगमा अल-नासरले ३ खेलमा १ जित र २ बराबरीसहित ५ अंक जोडेको छ । उ तालिकाको छैटौं स्थानमा छ । समान खेलमा ४ अंक जोडेको अल-अहली नवौं स्थानमा छ ।