साफ महिला च्याम्पियन्ससिप : नेपाले पहिलो खेल भुटानसँग खेल्ने

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियन्ससिप : नेपाले पहिलो खेल भुटानसँग खेल्ने

काठमाडौं । नेपालमा अक्टोबरमा आयोजना हुने साफ महिला च्याम्पियन्ससिपको तालिका सार्वजनिक भएको छ । कार्त्तिक १ गतेबाट १४ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानको सामना गर्नेछ।

दक्षिण एसियायाली फुटबल महासंघ साफले आज प्रतियोगिताको तालिकाबारे जानकारी दिएको हो। उद्घाटन खेलमा पाकिस्तानले भारतको सामना गर्नेछ । यसैगरी, दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ । नेपालले कार्त्तिक २ गते पहिलो खेल खेल्नेछ । साफका सबै खेल दशरथ रंगशालामा हुने साफले जनाएको छ।

यसैगरी नेपालले आफ्नो दोस्रो खेल माल्दिभ्ससँग भदौ ५ गते खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले ७ गते श्रीलंकासँग खेल्नेछ । समूह ए मा भारतसहित बंगलादेश र पाकिस्तान छन् ।

त्यस्तै समूह बी मा आयोजक नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटान छन्। दुवै समूहका शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल कार्त्तिक १४ गते दशरथ रंगशालामा हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement