काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरले ५ लाख नगदसहित सम्मान गरेको छ ।
महानगरले आज कांस्य पदक विजेता पलेशालाई सम्मान गरेको हो ।
महानगरले प्रशिक्षक कविराज नेगी लामालाई पनि नगद तीन लाख प्रदन गरेको छ । पदक विजेता पलेशासहित नेपाली पारा तेक्वान्दो टोली आजै स्वदेश फर्किएको हो ।