काठमाडौं । काभा महिला नेसन्स लिग भलिबलको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई हराएको छ । नेपालले पहिलो खेलमा तीन-शून्यको सोझो सेटमा जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सुरुआतबाटै दबाब बनाएको थियो । खेलमा १८-१२ को अग्रता बनाएको नेपालले पहिलो सेटमा २५-१९ को जित दर्ता गरेको हो । दोस्रो सेटमा पनि नेपालले लगातार दबाब बनायो ।
सुरुआतमै ९-५ को अग्रता बनाएपछि सहज अवस्थामा पुगेको नेपाल १२-५ ले अगाडि थियो । दोस्रो सेटमा एक समय २०-१२ ले पछि परे पनि कमब्याकको प्रयास गरेको श्रीलंकाविरुद्ध नेपाल २५-१८ ले विजयी भयो । यससँगै नेपालले दुई-शून्यको अग्रता बनाएको हो ।
तेस्रो सेटको सुरुआतमा नेपालले उस्तै प्रदर्शन कायम राख्न सकेन । एक समय नेपाल ८-१२ ले पछि परेको थियो । त्यसपछि १५-१३ ले पुनरागमन गर्दै नेपालले २५-१९ को जित दर्ता गरेको हो ।
श्रीलंकाले आफै गल्ती गरेपछि उसले धेरै अंक गुमायो । रिसिभ र डिफेन्समा श्रीलंकाले राम्रो गर्न सकेन । श्रीलंकाली प्रशिक्षकले नयाँ खेलाडीलाई पनि मैदानमा उतारेको थिए । नेपाली टिमकी कप्तान अरुणा शाहीले यो जितले उत्साही भएको बताउनु भएको छ ।
आज नै भारत र इरान पनि आमने सामने हुनेछन् ।