पेरिस ओलम्पिकमा आज नेपालका स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो पहिलो खेल खेल्दै

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिकमा आज नेपालका स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो पहिलो खेल खेल्दै

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज नेपालका स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो पहिलो खेल खेल्दैछन् । पेरिस एक्पो पोर्ट डे भर्सेल्समा स्यान्टु श्रेष्ठले सेनेगलका इब्राहिमा डायवसँग प्रस्पिर्धा गर्ने छन् ।

पुरुष एकलतर्फको पहिलो चरणको खेल नेपाली समय अनुसार राति साढे ७ बजे हुनेछ । स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका हुन् । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि संगिना वैधले सन् २००४ को एथेन्स र दीपक विष्ट सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । दुवै तेक्वान्दोबाट छनोट भएका थिए ।

यसैगरी समूह 'पी' मा रहेका ब्याडमिन्टन स्टार प्रिन्सले पहिलो खेलमा विश्व नम्बर दुई डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने एकमा हुनेछ । प्रिन्स युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा छनोट भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement