वर्षाकै बीच तीन लाख दर्शकको उपस्थितिमा पेरिस ‌ओलम्पिक २०२४ को उद्घाटन

टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोके नेपालको झन्डा
श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्षाकै बीच तीन लाख दर्शकको उपस्थितिमा पेरिस ‌ओलम्पिक २०२४ को उद्घाटन

काठमाडौं । बर्षाका बाबजुद सेन नदीको किनारामा पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनदेखि बेलायती प्रधानमन्त्री केयर स्टार्मर र स्पेनका राजा फेलिपसहित विश्वभरका नेताहरू सहभागी भएका थिए ।

लेडी गागाको संगीतिक प्रस्तुतिमा पुरै पेरिस झुमेको थियो । परम्परा अनुसार परेडको सुरुमा ग्रीक डुङ्गालाई स्वागत गरियो । त्यसपछि शरणार्थी टोली बोकेको डुङ्गा सेन नदीमा तैरिएको थियो । फ्रान्सको संस्कृति, फेसन र इतिहासको उत्सव नदी किनारमा बसेका ३ लाख दर्शकले अवलोकन गरे ।

ओलम्पिक इतिहासमा मार्चपास पहिलो पटक नदी र जमीनमा गरिएको हो । रंगशाला बाहिर उद्घाटन समारोह आयोजना गरिएको पनि यो पहिलो पटक हो । परेडका क्रममा बर्षा भए पनि २ सय ६ देशका १० हजार ५ सय खेलाडीले राष्ट्रिय झन्डासहित उद्घाटन समारोहमा समेल भए । खेलाडीहरुले सेन नदीमा डुङ्गामा ६ किलोमिटर यात्रा गरे । 

परेडमा नेपालले नामिबिया र नाउरुसँग डुङ्गा साझा गरेको थियो । टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोकेका थिए । ३३ औं संस्करणको समर ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्दै छन् । 

ओलम्पिकमा आज डाइभिङ, फेन्सिङ, जुडो, रोड साइक्लिङ, रग्बी सेभेन्स, सुटिङ, स्केटबोर्ड र पौडी खेलका विभिन्न स्पर्धामा खेलहरु हुँदैछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement