रुबलेभ क्रोएसिया ओपनको सेमिफाइनलमा प्रवेश

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुबलेभ क्रोएसिया ओपनको सेमिफाइनलमा प्रवेश

काठमाडौं । विश्व नम्बर नौ आन्द्रे रुबलेभ एटीपी २ यस ५० क्रोएसिया ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । गए राति सम्पन्न खेलमा हंगेरीका फाबियन मारोजसानलाई ३ सेटमा पराजित गर्दै रुबलेभ अन्तिम चारमा प्रवेश गरेका हुन् । 

उमागमा पहिलो सेटमा तीन पटक सर्भिस ब्रेक भएपछि शीर्ष वरियताका रुबलेभले पहिलो सेट ५-७ ले गुमाएका थिए । तर त्यसपछि पुनरागमन गरेका रुबलेभले दोस्रो सेटमा ६-३ र तेस्रो तथा अन्तिम सेटमा ६-२ को जित हात पारे । 

रुबलेभले सेमिफाइनलमा अर्जेन्टिनाका चौथो वरियताका फ्रान्सिस्को सेरुन्डोलोको समाना गर्ने छन् । सेरुन्डोलोले इटालीका लोरेन्जोलाई पछि पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।  

इटालियन दोस्रो वरीयताका लोरेन्जो मुसेट्टीले सर्बियाका डुसान लाजोभिकलाई ३ सेटमा हराउँदा चेक गणतन्त्रका १८ वर्षीया जाकुब मेन्सिकले ताइवानका त्सेङ चुन-सिनलाई पराजित गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement